सहकारीलाई तथ्याङ्कपश्चात कर चुक्ता प्रमाणपत्र दिने राजस्व विभागको निर्णय
काठमाडाैं | साउन ५, २०७९
काठमाण्डौँ: आन्तरिक राजस्व विभागले सम्पूर्ण सहकारी संघ संस्थाहरुलाई समष्टिगत विवरण अनिवार्य ‘कोपोमिस’ प्रणालीमा प्रविष्ट गरेपछिमात्र कर चुक्ता प्रमाण पत्र दिने निर्णय गरेको छ ।
राजस्व विभागले गत महिनाको २८ गते (मंगलबार)सुचना प्रकाशित गर्दै सोबारे जानकारी दिएको हो ।
शाखा अधिकृत प्रदीप रेग्मीद्वारा हस्ताक्षरित सुचनामा उल्लेख गरिएको छ, ‘सहकारी क्षेत्रको तथ्याङ्क प्राप्तिको लागि सम्बन्धित संघ संस्थाहरुले समिष्टगत रुपमा ‘कोपोमिस’ प्रणालीमा विवरण प्रविष्ट गर्नुपर्नेछ र सोही प्रणालीमार्फत सिर्जना हुने दाखिला नम्बर आन्तरिक राजस्व कार्यालयमा पेश भएपछि मात्र करचुक्ता प्रमाण पत्र दिइने छ ।’
प्रकाशित सुचनामा ठुला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यलयलाई सबै सहकारी संघ संस्थाहरुले प्रणालीमा प्रविष्ट गरेपछि मात्र करचुक्ता प्रमाण पत्र दिन अनुरोध गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

